Like us!
Follow us!
Connect us!
Watch us!

‘जनता अवकाश कोष’ सदस्यको खातामा १ % मुनाफा, बार्षिक ८.५० % प्रतिशत व्याज पाइने, ९०% प्रतिशत सापटी लिन सकिने

सोमबार, ०१ असोज २०७५, १८ : ४४ मा प्रकाशित

‘जनता अवकाश कोष’ सदस्यको खातामा १ %  मुनाफा, बार्षिक ८.५० % प्रतिशत व्याज पाइने, ९०% प्रतिशत सापटी लिन सकिने

अर्थ संसार, काठमाडौं– जनता अवकाश कोषको भदौ ३१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७४\७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।

साथैं, कोषले आर्थिक बर्ष २०७४\७५ मुनाफाबाट कोषमा सहभागी बचतकर्ता\संचयकर्ताहरुलाई निजहरुको २०७५ असार मसान्तमा कायम रहेको बचत मौज्दातको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निणर्य गरेको छ । सो बराबरको रकम सहभागीहरुको सम्बन्धित खातामा आश्विन १ (आज) जम्मा गरेको छ ।

आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषको रुपमा स्वीकृतीप्राप्त गरी बि.सं. २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइ रहेकोमा मिति २०७५ असार १ गतेबाट कोषको नाम परिर्वतन भई जनता अवकाश कोषको नाममा संचालनमा रहेको छ । कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजार भन्दा बढी सहभागीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

जनता अवकाश कोषले कर्मचारीको संचय कोष, अवकाश कोष, उपदान कोष, संचित विदा कोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजना मार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठीत संघ, संस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र कर योग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई सेवा प्रदान गरिरहेको छ ।

कोषले संचालन गरेका अवकाश योजनाहरुमा बार्षिक ८.५०% प्रतिशतका दरले व्याजप्रदान गर्नुका साथै संचित रकमको ९०% प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ । कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००\ र काजक्रिया खार्च रु. १०,०००\को व्यवस्था गरेको छ ।

जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपाल भर रहेका सम्पूर्ण शाखाहरु मार्फत कोषको सेवा प्राप्त गर्न सक्नेछन् ।

यो पनि पढ्न्होस्

अमेरिकको जागिर छाडेर नेपालको पूँजीबजारको अभिवृद्धिमा फर्केका युवा

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको