Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको शाखारहित सेवा उदयपुरको देउरीमा

सोमबार, ०१ असोज २०७५, ११ : ४५ मा प्रकाशित

मेगा बैंकको शाखारहित सेवा उदयपुरको देउरीमा

अर्थ संसार, काठमाडौं–  मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ ।

त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले  सोमबार एक कार्यक्रमका बीच देउरीमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गर्नु भएको छ । 

त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताउनुभयो । साथै, आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैँकको शाखा नै विस्तार गर्न उहाँले आग्रह गर्नुभयो ।

स्थानीय स्वयंसेवी रामहरि पोख्रेलले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताउनुभयो ।

शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयांसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताउनुभयो ।

 

5b9f446d4c94c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको