Like us!
Follow us!
Connect us!
Watch us!

माइक्रोम्याक्सको क्यान्भास ५ लाइट नेपाली बजारमा

शुक्रबार, १४ असोज २०७३, १२ : २५ मा प्रकाशित

माइक्रोम्याक्सको क्यान्भास ५ लाइट नेपाली बजारमा

अर्थ संसार,
काठमाडौं–माइक्रोम्याक्स मोवाइले नयाँ फोन क्यु ४६२ क्यान्भास ५ लाइट मोडल नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यसमा विशेष किसिमको प्रोसेसर छ । एक गिगाहर्जको क्वाडकोर प्रोसेसर भएको यस सेटमा १६ जिवि इन्टर्नल मेमोरी छ । यसमा ५ इन्चको एचडि डिस्प्ले र २ हजार एमएएचको व्याट्री रहेको छ ।

यसमा ८ मेगापिक्सेलको हाइरिज्योलुसन अटो फोकस रियर क्यामेरा र ५ एमपी क्षमताको सेल्फीका लागि फ्रन्ट क्यामेरा छ । यसमा एन्ड्रोइडको ललीपप ५.१ अपरेटिंग सिस्टम छ । यसमा ३२ जिविसम्मको एस्टर्नल मेमोरी कार्ड राख्ने स्लट छ भने ¥याम २ जिविको छ । यसमा थ्रिजी र फोरजी नेटवर्कका २ वटा सीम राख्न सकिन्छ । यसको बजार मूल्य १२ हजार १ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

११ असोज,०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको