Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरी इञ्चार्ज ५ हजार घुससहितपक्राउ

विहीबार, २८ भदौ २०७५, १७ : २६ मा प्रकाशित

प्रहरी इञ्चार्ज  ५  हजार घुससहितपक्राउ

अर्थ  संसार, गौशाला–महोत्तरीको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इञ्चार्ज रामबाबु यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले रु पाँच हजार घुससहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार रामगोपालपुर इप्रका इञ्चार्ज प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

तस्करीका लागि भारतबाट लाइन मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेकै अवस्थामा यादव रङ्गेहात पक्राउ गरेका हुन् । उनलाई आवश्यक कारवाहीका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको