Like us!
Follow us!
Connect us!
Watch us!
बार्षिक १०.५० प्रतिशत व्याज, १२ बर्षको लागि

गरिमाबाट अटो लोन लिनुहोस्, शानसँग गाडी चढेर हिड्नुहोस्

विहीबार, २८ भदौ २०७५, १२ : ५२ मा प्रकाशित

गरिमाबाट अटो लोन लिनुहोस्, शानसँग गाडी चढेर हिड्नुहोस्

अर्थ संसार, काठमाडौं– तपाईलाई गाडी चढ्ने रहर छ, तर एकमुष्ट पैसा छैन् । अब तपाईले पैसाको चिन्ता नलिनुहोस् । तपाईको गाडी चढ्ने रहर गरिमा विकास बैंकले पुरा गर्नेछ । तपाईलाई गरिमा विकास बैंकले १२ वर्षको लागि अटो लोन दिनेछ ।

त्यो पनि १०.५० प्रतिशत व्याजमा । यसका लागि टोयोटा व्राण्डको सवारी साधनहरुको आधिकारिक अधिकृत विक्रेता यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लि र गरिमा विकास वैंक बिच सम्झौतापत्रमा हस्ताक्षर  भएको छ । सम्झौता अनुसार टोयोटा व्राण्डको सवारी साधनहरुमा कर्जा लगानी गर्दा मात्र वार्षिक १०.५० प्रतिशत व्याजदरमा कर्जा १२ वर्षसम्मका लागि १४४ महिनाको सरल किस्तावन्दी कर्जा दिइने छ ।

भाद्र २५ गते सोमवार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र यूनाईटेड टेर्डस् सिन्डिकेट्स प्रा.लि को तर्फबाट महाप्रबन्धक महेश कुमारले उक्त  सम्झौतापत्रमा हस्ताक्षर  गरेका थिए ।

यस सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडवाट टोयटा कम्पनीको LIVA ETIOS मात्र .२९,२०२। माषिक किस्तामा, ETIOS CROSS मात्र रु. ३३,४१९। माषिक किस्तामा साथै हालसालै वजारमा आएको TOYOTA RUSH मात्ररु.५३,२३२। माषिक किस्तामा लगायत अन्य यस कम्पनीले विक्री गर्ने सम्पुर्ण व्राण्डकासवारी साधनहरुमा १२ वर्षे सरल किस्तावन्दीमा कर्जा उपलव्ध गराउने जनाएको छ ।

 यसको साथै पर्यटन व्यवसायीहरुका लागि पनि यस व्राण्डका सवारी साधहरुलाई समेत यो स्किम दिन सकिने वैंकले जनाएको छ । यो कर्जा सुविधा यस वैंकका सम्पूर्ण ६१ शाखा कार्यालयहरुवाट पाईने छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडका राजधानीमा ६ वटा शाखा कार्यालयहरु सहित देशभर ६१ शाखा कार्यालय संचालनमा रहेका छन । विकास बैंकले छिट्टै नै ललितपुरको कुमारीपाटी, भक्तपुरको सुर्य्विनायक, पोखराको रामबजार, दाङ्गको घोराही र कैलालीको धनगढीमा समेत शाखा कार्यालय खोल्दैछ ।

वैंकले हालसम्म निक्षेप तर्फमा रु.२२ अरव परिचालन गरिसकेको छ भने कर्जा तर्फ लगानी रु.२०.०० अरव गरिसकेको छ भने गत वर्षको नाफावाट लगानी कर्ताहरुलाई १० प्रतिशत  वोनश शेयर र ३.७५ प्रतिशत नगद लाभांस आगामी साधारण सभावाट स्वीकृत हूने गरि नेपाल राष्ट्र वैंक स्किृतार्थ पेश समेत गरिसकेको छ ।

लोनमा पाइने गाडीको नमूना यस प्रकारको छ ।

5b9a12ebf3d54.jpg 5b9a12f1eb940.jpg 5b9a12f6cebb9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको