Like us!
Follow us!
Connect us!
Watch us!

कालिका पावरको १२ लाख कित्ता आइपिओ निश्कासन, अन्तिम दिन कहिले ?

विहीबार, २८ भदौ २०७५, ०८ : १९ मा प्रकाशित

कालिका पावरको १२ लाख कित्ता आइपिओ निश्कासन, अन्तिम दिन कहिले ?

अर्थ संसार, काठमाडौं– कालिका पावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) विहीबार अर्थात भदौ २८ गतेदेखि सर्वसाधारणका लागि विक्री खुल्ला भएको छ ।

कम्पनीले प्रति शेयर १ सय अङ्कित दरको १२ लाख कित्ता शेयर विक्री खुल्ला गरिएको हो । कम्पनीको विक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ भने सह निष्कासन विक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकको अनुसार आइपिओ छिटोमा असोज १ र ढिलोमा २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

कहाँबाट र कति आवेदन दिने ?

कालिका पावर कम्पनी लिमिटेडको आइपिओमा न्यूनतम ५० कित्ता र अधिकतम ६ हजार कित्ताको लागि आवेदन दिनुपर्ने हुन्छ । कम्पनीको आइपिओ नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवा पाएका सबै बैंकहरुबाट आवेदन दिन सकिनेछ ।

ईक्रा नेपालले यो आईपीओलाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले आधारभूत पक्षलाई औषतभन्दा कमजोर रहेको बुझाउँछ ।

यो पनि पढ्नुहोस्

माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको आइपिओ आउँदै, पैसा ठिक पार्नुस्

चिलिमे कम्पनीको निर्माणाधिन आयोजना सकिए : अब कुन बनाउँछ ?

शेयर बजारमा उल्लेख्य वृद्धि , नयाँ रेकर्ड कायम 

रिडी हाइड्रोपावरले ६ प्रतिशत लाभांश दिने 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको