Like us!
Follow us!
Connect us!
Watch us!

गाउँको किराना पसलदेखि विदेशमा आफ्नै उत्पादन निर्यातसम्म

सोमबार, १८ पुस २०७३, १२ : २८ मा प्रकाशित

गाउँको किराना पसलदेखि विदेशमा आफ्नै उत्पादन निर्यातसम्म

अर्थ संसार 
क्रिएटिभ  टच नामक गार्मेन्ट उद्योग चलाइरहेकी नुवाकोटको देवीघाटकी रजनी थापाको प्रगति अरुका लागि आरिस लाग्दो छ । उहाँलाई यस्तो सफलता संघर्ष र मेहनतले दिलाएको हो । गाउँमा सामान्य पसल सञ्चालन गर्ने आमालाई सघाउँदै आएकी रजनीका अहिले ठमेलमा पर्यटक लक्षित ठूला पसल छन् । उहाँको उद्योगमा मात्रै यतिखेर १ सय २५ जनाले काम पाएका छन् । उहाँ आफ्नो उत्पादन युरोप अमेरिकाका बजारमा पुर्याउनु हुन्छ । 

रजनीको जन्म २०३१ सालमा नुवाकोटको देवीघाटमा भएको हो । मध्यम वर्गीय परिवारमा हुर्केकी उहाँका आमा, चार जना दिदी र एउटा दाई हुनुहुन्छ । उहाँको आमाले आफ्नो जीवनमा धेरै सर्घष गर्नुभएको थियो । त्यसैले उहाँ आफ्नो छोरीहरुलाई आफ्नो खुट्टामा उभ्याउन चाहनु हुन्थ्यो । त्यसैले उहाँले आप्mनो छोरीहरुलाई उचित शिक्षा प्रधान गर्नु भयो । 

रजनी थापा आप्mनो परिवारको सबै भन्दा कान्छी छोरी हुनुहुन्छ । उहाँलाई सानैदेखि नै पढाईमा बढी रुचि थियो । जीवनमा केहि गर्नुपर्छ भन्ने सोच उहाँमा सानैदेखि थियो । उहाँको प्रेरणा स्रोत उहाँकाआफ्नै आमा हुनुहुन्थ्यो । उहाँले आप्mनो कक्षा १ देखि लिएर एसएलसीसम्मको पढाई नुवाकोट देवीघाटको रनभुमेश्वरी माध्यमिक विद्यालयबाट गर्नुभयो । उहाँले आइए स्थानीय आर्दश बहुमुखि क्याम्पस बट्टा नुवाकोटबाट गर्नु भयो । त्यसपछि  बिए पढ्न उहाँ काठमाडौं आउनु भयो । 

उहाँको आमा घरेलुमा शिक्षक हुनुहुन्थ्यो । रिटायर्ड भएपछि उहाँले आफ्नै गाउँमा एउटा पसल खोल्नु भएको थियो । जसलाई करिब दुई वर्षसम्म रजनीले चलाउँनु भयो । आमाबाट रजनीले व्यवसायमा लाग्नुपर्छ भन्ने प्रेरणा पाउँनु भयो । 
उहाँको दाईले काठमाडौंको ठमेलमा टुरिष्ट सप खोल्नु भएको थियो । जब दाईले फ्याक्ट्री खोल्नुभयो, त्यसपछि पसल बन्द हुने अबस्थामा पुग्यो । केहि समयपछि रजनी आफंले त्यो पसल चलाउँन थाल्नु भयो । सुरुवाती समयमा पसल सबै जिम्मेवारी उहाँले लिनुभएको थियो । त्यो पसलमा विशेष गरेर टुरिस्टले मन पराउने सामानहरु मात्रै पाइन्थ्यो । उहाँले पसलमा काम गर्दा गर्दै व्यवसाय गर्न सिक्दै जानु भयो । त्यो पसल चल्दै गर्यो, त्यसपछि उहाँले त्यसको नजिकमा अर्को पसल खोल्नु भयो । त्यसपछि त्यो सानो पसल एउटा वर्कसपमा परिणत भयो । 

त्यसपछि विस्तारै व्यापार बढ्दै गयो, त्यसपछि त्यसले एउटा उद्योगको रुप लियो । उहाँ भन्नुहुन्छ, ‘एउटा व्यवसायी बनेर काम गर्न मैले कुनै ट्रेनिङ लिएको छैन । मलाई सफल अनुभवले बनायो ।’ करिब २२ वर्षदेखि उहाँ यस व्यवसायमा निरन्तर लागि रहनु भएको छ । सुरुको दिनमा उहाँ यस क्षेत्रमा व्यवसाय गर्नुभन्दा कसरी आप्mनो पसलमा आउने ग्राहकको मागलाई पूरा गर्ने सोचमा हुनुहुन्थ्यो । विस्तारै काम बढ्दै गयो, जसलेपछि गएर एउटा उद्योगकै रुप लियो । 

उनको कम्पनी क््िरmयटिभ टचले १७ वर्षदेखि नयाँ फेसनेबल सामानहरु युरोपका विभिन्न देशहरुमा बिक्रि गरिरहेको छ । ‘योे मिडिएम साइजको कटेज उद्योग हो । यसले विशेष गरेर जाडो र गर्मीको सामानहरुको निर्माण गर्ने गर्छ’ उहाँले भन्नु भयो ।  यसले विशेष गरेर महिला, पुरुष, बच्चाका कपडाहरु क्याप, ह्याट, पन्जा, सलवार, ब्यागलगाएतका सामग्री उत्पादन गर्छ । 

क्रिएटिभ  टच गारमेण्ट उद्योगको स्थापना १९९९ मा भएको हो । यस उद्योगले १ सय २५ जनालाई रोजगारी दिएको छ । तीमध्ये ५३ महिला र ७२ पुरुष कामदार छन् ।  यस उद्योगमा विभिन्न किसिमको नयाँ डिजाइन, सेम्पलिङ्ग, प्रोडक्सन, पोस्ट प्रोडक्सन, एक्सपोर्ट युनिटस्हरु रहेका छन । उहाँ आफ्नो उद्योगले गुणस्तरीय फेवरिकेट क्वालिटिको गारमेण्ट प्रोडक्टको उत्पादन गर्ने बताउनु हुन्छ । 

रजनीले सानै उमेरदेखि आफूलाई ब्यवसायमा अगाडि बढाउनु भयो । आफ्नो लगन र मेहनतले उहाँ अहिले सफल हुनु भएको हो । ‘हाम्रो समाज पुरुषप्रधान छ । यहाँ मनिसहरु मद्दत गर्नेभन्दा फाइदा उठाउँने खालका हुन्छन् । यस्तोमा आफूलाइ बचाएर अगाडि बढाउनु पर्छ । समस्याहरु त पाइला पाइलामा आउँछ, तर यसको सामाधान खोजेर अगाडि बढ्नुपर्छ,’ उहाँको अनुभवले भन्छ । यहाँ नराम्रो काम गर्नेलाई कसैले केही भन्दैन । राम्रो काम गर्नेहरुको खुट्टा तान्ने प्रवित्ति छ । यस्तो मान्छेहरुको कुराको मतलब न गरेर अगाडि बढ्दै जानुपर्ने उहाँ बताउनु हुन्छ । कसैको आलोचना नगरेर आफ्नो काम गर्दै जाँदा सफल भएको उहाँको अनुभव छ । ‘दुनियाले जे भने पनि यदि आफू सहि बाटोमा लागिएको छ भने सफलता अवश्य मिल्छ’, उहाँ भन्नु हुन्छ । 

सफलत बन्ने उहाँको अनुभवको सूत्र उहाँकै मुखबाट सुनौ । जीवनमा केही गर्ने चाहना राख्ने हो भने सबैभन्दा पहिले एउटा उद्देश्य बनाउनुपर्छ, त्यसपछि त्यो उद्देश्य प्राप्तिको लागि मेहनत र लगनको साथ अगाडि बढ्नु पर्छ । जीवनमा सधै सकारात्मक सोच राखेर अगाडि बढ्नुपर्छ । जीवनमा जसरी पनि आफ्नो खुट्टामा उभिन सक्नुपर्छ । 

यदि तपाइँआफ्नो खुट्टामा उभिनु भएको छ, भने तपाईंलाई कसैले हेप्न सक्दैन । अरुमा निर्भर कहिल्यै हुनु हुँदैन । कुनै पनि काम ठूलो सानो भन्ने हुदैंन । सबै कामको महत्व आप्mनो आफ्नो ठाउँमा उत्तिकै हुन्छ । आफूले गर्ने काममा सधै इमानदार रहनु पर्छ ।  जीवनमा सुखदुःख दुवै आउँछ, सुख आयो भनरे मात्तिनु र दुःख आयो भनेर आत्तिनु हुदैंन । आफूलाई सधैं सन्तुलित बनाएर अगाडि बढाउनु पर्छ । एक सफल मान्छे बन्न चुनौती पनि आउनु पर्छ । चुनौतीले आपूmसँगै त्यसको सामाधान पनि ल्याउने गर्छ । त्यसैले जस्तो समयमा पनि आपूmलाई बलियो बनाएर अगाडि बढ्नुपर्छ । 

मान्छेलाई धेरै कुरा जीवनले सिकाउँछ । जीवनमा शिक्षाको स्थान महत्वपूर्ण हुन्छ । त्यसैले जीवनमा उचित शिक्षा लिन जरुरी छ । समयको महत्वलाई जहिले पनि बुझ्न सक्नुपर्छ । अरुले जे भन्छ, त्यो होइन । आपूmले के गर्ने खोजेको त्यही गर्नुपर्छ । कुनै पनि काम कसैको करकापमा गर्नुहुदैंन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको