Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण सुडानमा हवाई दुर्घटना, अधिकांश यात्रुको मृत्यु भएको आशंका

आइतबार, २४ भदौ २०७५, १६ : १५ मा प्रकाशित

दक्षिण सुडानमा हवाई दुर्घटना, अधिकांश यात्रुको मृत्यु भएको आशंका

फाइल फोटो

जुबा ।  दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका छ ।

“आज बिहान जुबाबाट इरोलतर्फ आइरहेको एउटा १९ सिट क्षमताको जहाज दुर्घटनामा परेको जानकारी मात्र प्राप्त भएको छ,” इस्टर्न ग्रेट लेक्स राज्यका सूचना मन्त्रीले बताउनुभयो ।

उहाँले बिमान दुर्घटनाका बारेमा थप विवरण प्राप्त भइनसकेको र खोजी तथा उद्धारको कार्य शुरु भएको बताउनुभयो । रासस\ एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको