Like us!
Follow us!
Connect us!
Watch us!

ओखलढुंगाको बिराज कप उपाधि ठाडे युवा क्लवलाई

सोमबार, १८ पुस २०७३, १० : १६ मा प्रकाशित

ओखलढुंगाको बिराज कप उपाधि ठाडे युवा क्लवलाई

अर्थ संसार

काठमाडौं–ओखलढुंगामा भएको बिराज कप भलिबल प्रतियोगिताको उपाधी ठाडे युबा क्लब ओखलढुंगाले जितेको छ ।यस्तै दोस्रो स्थान गैयादेवि युबा क्लब बनभाडे सोलुखुम्बुले प्राप्त गरेको छ । 

बिराज कप संयोजन समितिका हरिप्रसाद दाहालका अनुसार तेस्रो स्थान अखिल नेपाल खेलकुद महासङघ सोलुखुम्बुले प्राप्त गरेको छ । आयोजक बिराज समाज भने चौथो भएको छ । 

ओखलढुंगाको जन्तरखानिमा पुस ११ देखि १३ सम्म आयोजित भलिबल प्रतियोगिताको उद्घाटन ओखलढुंगाका निमित्त प्रमुख जिल्ला अधिकारी सहायक तिलोचन रिमाल र जिल्लाका प्रहरी उपरीक्षक मिलन केसीले गरेका थिए । समापनमा प्रमुख अतिथी बरिष्ठ पत्रकार, मानव अधिकारकर्मी पुरुषोत्तम दाहालले बिजेता टिमका खेलाडीलाई ट्रफी, पुरस्कर र प्रमाण पत्र हस्तान्तरण गरे ।  

विभिन्न १३ खेल समुहबिच भएको प्रतिस्पर्धामा पहिलो हुने टिमले नगद पुरस्कार २५ हजार, बिराज कप,  मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो हुने टिमले १५ हजार, प्रमाण पत्र,  मेडल र तेस्रो हुनेले रु १० हजार प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।  

खेल पर्यटनको बिकास गर्ने, युबालाई जागरण गराउने उद्देश्यले बिराज कप आयोजना गरिएको दाहालले बताए ।  बिराज समाज काठमाडौं र जलदेबी समाजसेवी युबा क्लब जन्तरखानी ओखल्ढुङ्गाले बिराज कप भलिबल प्रतियोगिताको आयोजना गरेका हुन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको