Like us!
Follow us!
Connect us!
Watch us!

निगमले वाइड वडी जहाज किन्न टेन्डर गर्ने

शुक्रबार, १४ असोज २०७३, ११ : ५९ मा प्रकाशित

निगमले वाइड वडी जहाज किन्न टेन्डर गर्ने

अर्थ संसार
काठमाडौं– नेपाल वायु सेवा निगमले दुई वटा बाइड वडी विमान खरिद गर्न टेन्डर आव्हान गर्ने निर्णय गरेको छ ।
निगमको शनिवार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको निमका प्रमुख कार्यकारी अधिकृत सुगतरत्न कंसाकारले आप्mनो फेसवुकमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘निगम सञ्चालक समितिले दुई वटा वाइड बडी विमान किन्न टेन्डर आव्हान गर्ने निर्णय गरेको छ, यो इतिहासमै पहिलो पटक हो ।’

वाइड बढी किन्न निगमले गत माघ १० गते निर्णय गरेको थियो । निमगले पहिलो वाइड बढी मंसिरभित्रमा खरिद गर्ने योजनासहित टेन्डर आब्हान गर्न लागेको हो । ग्लोबल टेन्ठर गरेपछि जहाज २०७४ साल असारसम्म आइपुग्ने निगमको भनाइ छ । खरिद गरिएका ती दुई विमानले अन्तराष्ट्रिय उडान भर्नेछन् ।

पहिलो विमानले अस्ट्रेलिया, जापान र कोरियामा उडान भर्नेछन् भने दोस्रो वाइड बडी ल्याएपछि साउदी अरेबिया तथा दमाममा सेवा सुरु गर्नेछ । निगमको अन्तराष्ट्रिय उडानतर्फ चार, आन्तरिक उडानतर्फ पाँचवटा विमान सञ्चालनमा छन् । नेपालले ३८ मुलुकसँग हवाई सम्झौता गरिसकेको छ । अहिलेसम्म निगमले पाँच मुलुकका सात वटा सहरमा मात्र सेवा सञ्चालन गरेको छ ।

९ असोज, ०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको