Like us!
Follow us!
Connect us!
Watch us!

मनाइयो टोपी दिवस

आइतबार, १७ पुस २०७३, १३ : ०३ मा प्रकाशित

मनाइयो टोपी दिवस

अर्थसंसार
काठमाडौँ । अंग्रजी नयाँ वर्षको सुरुवातसँगै नेपालमा  पनि टोपी दिवस मनाउन थालीएको छ । विगत ४ वर्षेखि नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालीएको हो । फेसबुक देखि ट्विटर लगाएत सामाजीक संजालमा ह्याप्पी न्यू एअर भन्दै राखेको फोटोहरु प्रसस्तै देखिन्छन् । यस्तै कहिल्यै टोपी नलगाउनेहरु पनि टोपीदिवस भन्दै विभिन्न पोजमा फोटो खिचेर राखेको देखिन्छ । आफ्नो संस्कृतिलाई जोगाउनको लागि युवा पुस्ताको मोह पनि राम्रै रहेको छ । 

यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्रपनिआफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत गर्छ ।शताब्दी औँदेखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको