Like us!
Follow us!
Connect us!
Watch us!

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार

शुक्रबार, १४ असोज २०७३, ११ : ५० मा प्रकाशित

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार

अर्थ संसार
काठमाडौं – सिटिभी मोबाइलले दसैतिहारको अबसर पारेर बम्पर उपहार योजना ल्याएको छ । आफ्नो आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि कम्पनीले उपहार योजना ल्याएको हो ।
उक्त मोवाईलको बम्पर उपाहार पाउन ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नम्बर ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्दा उपहार प्रदान गरिने छ ।
उक्त योजनामा एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गरिरहेको भएको छ । स्टकमा रहेका मोबाइल ५० प्रतिशतसम्म छुट गरेर विक्रि वितरण गरिरहेको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

सिटिभी मोबाइल योजनामा असोज ७ गतेबाट मंसिर ७ गतेसम्म आफ्ना आउटलेटबाट मोबाइल खरीद गर्ने ग्राहकहरुवीच लक्की ड्रसमेत गर्ने वताएको छ । लक्की ड्रमा प्रथम हुने एकजनालाई यामाहा कम्पनीको फसिन स्कुटर, दोस्रो हुने एकजनालाई ४२ इन्चको सामसङ टिभी र तेस्रो हुने एकजनालाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने विज्ञाप्तीमा उल्लेख छ । साथै सान्त्वना पुरस्कारको समेत व्यावस्था गरिएको वताईएको छ ।

सिटिसी मोबाइल बजारमा जारी मोबाइल एक्स्पोमा पनि यो अफर लागू हुने बताउँदै मेलामा दिइएको बिभिन्न अफरको अलावा आफ्नो आउटलेटबाट ग्राहकले अन्य छुट प्राप्त गर्न सक्ने वल्र्डभिजनका प्रबन्ध निर्देशक संगम राइले जानकारी दिए ।
९ असोज,०७३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको