Like us!
Follow us!
Connect us!
Watch us!

ठेलाले सघाउँछ परिवार पाल्न

शुक्रबार, १५ पुस २०७३, १७ : १२ मा प्रकाशित

ठेलाले सघाउँछ परिवार पाल्न

अर्थसंसार
काठमाडौँ–ब्यापार मलमा होस् वा सटरमा । फुटपाथमा होस् वा ठेलामा । आफ्नो गच्छेअनुसार त्यसले परिवार पाल्नलाई सहयोग गर्छ । नपत्याए भेटौं सीता दहाललाई  उनको घर रौतहटको चन्द्रनिगापुर हो । एक वर्षदेखि उनी राजधानीमा ठेला गुडाएर व्यापार गर्दै आईरहेकी छिन् ।युवापुस्ताको रोजाईमा रहेको पानीपुरी, चटपटे, बदाम, भुटेको मकैँलगायतका खानेकुरा उनले बेच्ने गर्छिन् । मान्छेको भिड हुने कुपन्डोलका भित्रि गल्लीमा उनी ठेला गुडाउँदै व्यापार गर्ने गर्छिन् ।

काठमाडौँको महङगीमा एकजनाको मात्र कमाईले परिवार धान्न धेरै गाह्रो छ । ‘कोठा भाडा तिरेर बस्नेलाई झनै गाह्रो छ’ भन्छिन् सीता ।  उनका श्रीमान ज्यामी काम गर्छन् । राजधानी आएको १ महिनामै उनले व्यापार सुरु गरेकी हुन् । दिनभर खाली बस्नुभन्दा आफूले पनि केही काम गरे श्रीमानलाई सघाउ हुने सोचका साथ व्यापार सुरु गरेको उनले बताईन् ।अन्य समयमा भन्दा जाडो महिनामा व्यापार कम हुने उनको अनुभव छ । मंसिंरदेखि माघसम्म दिनमा ५ देखि ७ सयको मात्र व्यापार हुन्छ । अन्य महिनामा भने २ हजारसम्म व्यापार हुने उनले बताईन् ।

दिनभर खाली बस्नुभन्दा आफ्नो काम गर्दा सधैँ श्रीमानसँग भरपर्नु नपर्ने उनले बताईन् । उनको ५ कक्षामा पढने एक छोरा छन् । छोरालाई स्कुल पठाएर उनी आफ्नो ठेलामा सामान बेच्न सडकमा जान्छिन् । दिनभर कोठामा बस्दा नकरात्मक सोचहरु मात्र आउने हुदाँ व्यापार गर्दा आफू ब्यस्त भएर अनावश्यक कुरा सोच्न नभ्याउने उनले बताईन् ।

उनले बेच्ने सामान कालिमाटीबाट ल्याउने गर्छिन् । बदाम, मकैँ उनले आफैंले भुटेर बेच्ने गर्छिन् । बाटोमा धुलो भएपनि आफ्नो व्यापार गर्दा कसैको कचकच सुन्नु नपर्ने उनलाई लागेको छ । ‘काम गरेर खानलाई कहिल्यै पछि हट्नु हुँदैन’ हसिलो मुहारमा उनले भनिन् । 

यो पनि पढ्नुहोस्
 

महिला साफ च्याम्पियनसिमा नेपाल सेमिफाइनलमा प्रवेश, श्रीलंक १–० पराजित

धुर्मस–सुन्तलीले बनाउन लागेको बर्दिबासको मुसहर बस्ती कस्तो छ ? (भिडियो)

अन्ततः ५ बटा बैंक गाभिएर बन्ने एनसिसीले गर्ने भयो एकिकृत कारोबार

३ सय ६५ दिन नै खुल्ने बैँक

फुटवेयर विजनेश एक्स्पो सुरु

मलाई अरू कसैका पतिको आवश्यकता छैन

अपि पावर कम्पनी लिमिटेडले पायो उत्पादन अनुमतिपत्र

कसकसले पाए शिक्षा पत्रकारिता पुरस्कार ?

नेप्सेलाई धितोपत्र बोर्डले असहयोग गरिरहेको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको