Like us!
Follow us!
Connect us!
Watch us!

टुहुरा बालबालिकालाई मासिक २ हजार भत्ता

शनिबार, ०२ भदौ २०७५, १३ : ४३ मा प्रकाशित

टुहुरा बालबालिकालाई मासिक २ हजार भत्ता

अर्थ संसार, बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ ।

टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस् भनेर मासिक रु दुई हजार भत्ता दिन लागिएकोे गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “टुहुरा बालबालिकाले आमाबुबा गुमाएको महसुस नगरुन र उनीहरुको पढाइमा कुनै पनि किसिमको समस्या नहोस भनेर भत्ता दिन लागेका हौं”

टुहुरा बालबालिकालाई दिइने भत्ताले बालबिवाह न्यूनीकरणमासमेत टेवा पुग्ने उपाध्यक्ष कार्कीले बताउनुभयो ।

गाउँपालिकाले टुहुरा बालबालिकाको तथ्याङ्क संकलन गरिरहेको जनाएको छ । १८ वर्षमुनिका आमाबुबा गुमाएका टुहुरा बालबालिकालाई भत्ता दिनका लागि तथ्याङ्क सङ्कलन गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा रहेका सबै आठवटै वडाका वडा अध्यक्षलाई टुहुरा बालबालिकाको तथ्याङ्क सङ्कलन गर्न गाउँपालिकाले निर्देशन दिइसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । टुहुरा बालबालिकाको भत्ताका लागि गाउँपालिकाले महिला तथा बालबालिकाको रकमबाट रु दुई लाख ४० हजार रकम छुट्याएको जनाएको छ ।  रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको