Like us!
Follow us!
Connect us!
Watch us!

दुई कामु प्रधानन्यायाधीश

शनिबार, ०२ भदौ २०७५, ०८ : ५१ मा प्रकाशित

दुई कामु प्रधानन्यायाधीश

अर्थ संसार, काठमाडौ - मुलुकी ऐनलाई विस्थापित गर्दै नयाँ कानुन लागू भएको दिन शुक्रबार दुई जनाले कामु प्रधानन्यायाधीशको हैसियतमा शुभकामना दिएका छन्  । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि १५ दिन बिदामा रहेका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले घरबाटै शुभकामना दिएका थिए ।

कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चको दैनन्दिनको काम सम्हाल्दै आएका ओमप्रकाश मिश्रले भने सिंहदरबार पुगेर औपचारिक समारोहमा नयाँ कानुनले आम मानिसको व्यवहारलाई सुधार्ने अपेक्षाका साथ यसको थालनी शुभ होस् भनी कामना गरेका थिए ।

प्रधानन्यायाधीशको स्वकीय सचिवालय बालुवाटारका तर्फबाट भन्दै जोशीका छोरा अधिवक्ता प्रवीन्द्रराज जोशीले सञ्चारकर्मीहरूलाई शुभकामना मन्तव्यको प्रति इमेल पठाएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको