Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने

शुक्रबार, ०१ भदौ २०७५, १८ : ४८ मा प्रकाशित

एनएमबि बैंकले सेयरधनीलाई १५ प्रतिशत लाभांस दिने

अर्थ संसार, काठमाडौं – एनएमबि बैंक लिमिटेडले आफ्नो सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आर्थिक वर्ष २०७३/७४ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनश सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर प्रायोजनका लागि) वितरण  गर्ने भएको हो ।

बिहीबार संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा  भएको बैंकको २२ औँ वार्षिक साधारण सभा उक्त लाभांस पारित समेत गरेको छ । अब नेपाल राष्ट्र बैंकको स्वीकृतपछि सेयरधनीले लाभांश पाउनेछन् ।

बैंकको उपरोक्त वोनश सेयर पश्चात चुक्ता पूँजी  ८ अर्व ७४ करोड पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको