Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य चौकीको लाहप्रवाहीः घाउमा हाल्ने औषधी आँखामा हाल्दिएपछि...

शुक्रबार, ०१ भदौ २०७५, १८ : २३ मा प्रकाशित

स्वास्थ्य चौकीको लाहप्रवाहीः घाउमा हाल्ने औषधी आँखामा हाल्दिएपछि...

अर्थ संसार, सिन्धुली– घाउमा प्रयोग हुने औषधी आँखामा हाल्न दिएपछि यतिखेर  सन्धुलीको फिकल गाउँ पालीका–५ मा रहेको  सोल्पाठानाको स्वास्थ्य चौकीको लाहप्रवाही जनतासामू छरपस्ट भएको छ ।

स्थानीय इन्द्रमाया आले मगरलाई सोल्पाठानाका स्वास्थ्यकर्मीले घाउँमा प्रयोग हुने जेन्सन भाईलेट सोलुसन आँखामा हाल्न दिएका थिए ।

इन्द्रमाया  घर गएर आँखामा औषधी हालेपछि आँखा पोल्ने, चिलाउने जस्ता लक्षण दिएको थियो । पछि स्थानीय मेडिकलमा देखाउँदा स्वास्थ्य चौकीले घाउँमा हाल्ने औषधी दिएर पठाएको खुल्न आएको हो । गाउँमा भएको स्वास्थ्य चौकले खेलवाट गर्दा स्थानीयवासीको स्वास्थ्य जोखिममा परेको स्थानीय शिक्षक नरेश पहाडीले अर्थ संसार सिन्धुलीलाई  बताए ।

स्वास्थ्यचौकीका अहेब जगदीश प्रसाद यादबलाई सो विषयमा बुझ्न खोज्दा उनको मोवाईलमा सम्पर्क हुन सके । स्थानियका अनुसार उनि केही दिनदेखि घरबिदामा रहेको बुझिएको तर केही समय पहिला फोन लागेको र पछि यादवले फोन समेत अफ गरेका छन ।

सिन्धुलीको यो घटना एउटा उदाहारण मात्र हो ।  कोटामा रहेका डा. शहर केन्द्रित र आफ्नै फार्मेसिमा रमाउदा गाउँका स्वास्थ्य चौकी ३ महिने तालिमवला नर्स र पिउनले चलाउने गर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको