Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकको “ज्योति श्रमजिवी बचत खाता” संचालनमा

शुक्रबार, ०१ भदौ २०७५, १७ : ०० मा प्रकाशित

ज्योति विकास बैंकको “ज्योति श्रमजिवी बचत खाता” संचालनमा

अर्थ संसार, काठमाडौं- ज्योति विकास बैंक लिमिटेडले कर्मचारी तथा श्रमिकहरुको श्रमको उचितकदर गर्दै उच्च प्रतिफल र थप अत्याधुनिक बैकिङ्ग सुविधा सहित नयाँ बचत खाता “ज्योतिश्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ ।

वार्षिक ८ प्रतिशत ब्याजदर दिने यस बचत खातामा निःशुल्क बिमाको ब्यवस्थाका साथै विदेशीमुद्रा सटहीमा विषेश छुट, Visa Debit Card, Smart Mobile Banking,ABBS, C-ASBA, Cheque Book, Internet Baking जस्ता सेवाहरु निःशुल्क गरेको छ भने लकर सुविधामा र Good For Payment Cheque जारी गर्दा पनि बिषेश छुट दिइएको छ । साथै स्थायी कर्मचारीहरुका लागि Jyoti Professional Loan को पनि ब्यवस्था गरिएको छ ।

यस बैंक ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध बैंकले गरेको छ ।  बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि (Corporate Image) बजारमा स्थापित गर्न सफल भएकोे छ । हाल बैंकले ६० वटा शाखाएवं २१ वटा एटिएम मार्फत सेवाउपलव्ध गराउँदै आएको छ ।

निकट भविष्यमानै बैंकको केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब २ लाख बढि खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत १६अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ ।

बैंकको हाल कुल चुक्ता पूँजी २ अर्व ५९ करोड रहेकोछ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमाकार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने प्रकियामा रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको