Like us!
Follow us!
Connect us!
Watch us!

डलर भाउ हालसम्मकै उच्च

शुक्रबार, ०१ भदौ २०७५, ०८ : ०२ मा प्रकाशित

डलर भाउ हालसम्मकै उच्च

अर्थ संसार, काठमाडौं शुक्रबार एक अमेरिकी डलर खरिद गर्न १ सय १२ रुपैयाँ ५५ पैसा तिर्नुपर्ने भएको छ । यो हालसम्मकै उच्च हो । यसको अर्थ डलरका तुलनामा नेपाली रुपैयाँ हाल सम्मकै कमजोर अवस्थामा पुगेको भन्ने हो ।  गत सोमबार एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ २० पैसा पुगेको थियो।

अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको पनि अवमूल्यन भएको हो। बुधबार एक अमेरिकी डलरका लागि भारु ७० रुपैयाँ खर्चनुपरको  थियो। यसको नेपाली मुद्रामा सीधा असर परको  हो।

नेरु र भारुबीच स्थिर विनिमयदर छ । भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेकाले अमेरिकी डलरको तुलनामा भारु कमजोर हुँदा नेरु पनि कमजोर र बलियोहुँदा बलियो हुन्छ । अहिले पनि त्यही भएको हो ।

अमेरिका र चीनबीचको व्यापार युद्धका कारण यसैपनि कमजोर बन्दै गएको भारुलाई टर्कीको संकटले थप कमजोर बनाएको भारतीय सञ्चार माध्यमहरूले  जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेस्टिल र अल्मुनियममा लाग्दै आएको भन्सार महसुल दोब्बर बनाएसँगै टर्कीको अर्थतन्त्रमा समस्या देखिएको हो ।

यसले टर्कीको मुद्रा लिरा पनि अवमूल्यन भएका सामाचारहरू प्रकाशित भएका छ ।  यसको असर युरोपेली बैंकहरूमा पनि पर्न सक्ने अनुमान उनीहरूको छ ।

पछिल्लो समयमा सबै उदीयमान राष्ट्रका (इमर्जिङ कन्ट्री) को अर्थतन्त्रमा समस्या देखिन थालेकाछ । अमेरिकी अर्थतन्त्रमा आएको सुधारसँ गैती राष्ट्रको आर्थिक गतिविधि प्रभावित हुन पुगेको हो।

यही असर भारतीय अर्थतन्त्रमा पनि परकाले  डलरको तुलनामा भारु कमजोर बन्दै गएको विज्ञहरू बताउँछन् । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतको चालु खाता घाटा त्यहाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) तुलनामा २ प्रतिशत भन्दा बढी पुगेकोछ । यो पनि हालसम्मकै उच्च हो ।
राष्ट्र बैंकलेशुक्रबारका लागि प्रकाशित गरको  विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ ९५

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको