Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ ओपो एफनाइन सार्वजनिक हुँदै, यस्तो छ विशेषता

विहीबार, ३१ साउन २०७५, १९ : ०५ मा प्रकाशित

नयाँ ओपो एफनाइन सार्वजनिक हुँदै, यस्तो छ  विशेषता

अर्थ संसार, काठमाडौं - ओपोले यही अगस्ट महिनाको अन्त्य सम्ममा आफ्नो नयाँ मोडल ओपो एफनाइन सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ  ।

ओपो एफनाइन ब्राण्डको एफसिरिज अन्तर्गत नयाँ स्मार्टफोन हो । यसमा कम्पनीले भीओओसी फ्ल्यास चार्ज, ग्राडियण्ट कलर्स तथा पृथक वाटरड्रप स्क्रिन डिजाइन समाहित गर्ने जनाएको छ ।

ओपो फ्यान्स विचविशेष लोकप्रिय, भीओओसी फ्ल्यास चार्जले कमभोल्टेज फास्ट चार्जिङ प्रविधि मार्फत अत्यधिक तिब्र गतिमा चार्जिङ सुविधा प्रदान गर्छ । ५भी÷४ए साधारण कन्फिगरेसन मार्फत यस नयाँ प्रविधिले ५ भी-१ए चार्जिङ प्रविधिका तुलनामा ४ गुणा तिब्र चार्जिङ गतिप्रदान गर्छ । तिब्र चार्जिङ क्षमताको ग्यारेण्टिका साथै भीओओसीले सुरक्षित चार्जिङ प्रक्रियाको समेत सुनिश्चितता प्रदान गर्छ । विशेषगरी, ओपोको भीओओसीमा तिब्र र सुरक्षित चार्ज सुविधा उपलब्ध गराउन न्यून टेम्परेचर र भोल्टेज सहित, चार्जिङ एडेप्टर देखि स्मार्टफोन सम्म पुग्दा ५ भिन्न सुरक्षा तहको ब्यवस्था गरिएका छन् ।

ओपो एफनाइनमा कम्पनीले एफसिरिजमै पहिलो पटक आकर्षक ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरेको छ । यूवावर्ग माझ ग्राडियण्ट कलरको बढ्दो लोकप्रियतालाई ध्यानमा राखि कम्पनीले यो डिजाइन आफ्ना सेटमा अवलम्बन गरेको बताएको छ । पछिल्ला मोडलमा प्रयोग हुँदै आएका एकै रंगका फोनहरु ग्राडियण्टकलर डिजाइन भएका फोनका तुलनामा कम आकर्षक देखिन थालेपछि कम्पनीले नयाँ अवधारणा अवलम्बन गरेको हो ।
 
कम्पनीद्वारा नयाँफोन प्रकृतीबाट अभिप्रेरित भई ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी ३ भिन्न आकर्षक रंगमा उपलब्ध गराउने तयारी रहेको छ । डिजाइनमा एकरुपता कामय गर्ने सोचका साथ कम्पनीले फोनको साइड फ्रेममा समेत ग्राडियण्ट डिजाइन उपलब्ध गराएको छ ।
 
ओपोले नयाँ फोन एफनाइनमा पृथक ग्राडियण्ट कलर अप्सनका साथै, ओपोकै पहिलो एफएचडी + वाटरड्रप स्क्रिन (९०.८% सम्मको स्क्रिन टू बडी रेसियो)को पनिप्रयोग गरेको छ । यसले फोनको आकारलाई भद्दा नबनाइकनै जीवन्त दृष्यानुभुतिको मज्जा लिन सघाउँछ ।

भीओओसी चार्जिङ र वाटरड्रप स्क्रिन सहितको ओपो एफनाइन वास्तवमै एक नवप्रबर्तनात्मक उपकरण हो । ‘आर्ट अफ टेक्नोलोजी’ र ‘पर्सुइट अफ परफेक्सन’का लागि ओपोको प्रतिबद्धतालाई निरन्तर्ता दिँदै ओपो एफनाइटले प्रयोगकर्तालाई पहिलो प्राथमिकतामा राख्ने आफ्नो सिद्धान्तलाई निरन्तर्ता दिएको छ ।

5b757b4346242.jpg 5b757b47ae4c0.jpg 5b757b4c523f5.jpg 5b757b4c9117a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको