Like us!
Follow us!
Connect us!
Watch us!

तीस नेपाली विदेशी अस्पतालको कोमामा, कहिले फर्केलान् घर ?

बुधबार, ३० साउन २०७५, १७ : ३० मा प्रकाशित

तीस नेपाली विदेशी अस्पतालको कोमामा, कहिले फर्केलान् घर ?

अर्थ संसार, काठमाडौँ– हालसम्म ३० नेपाली श्रमिक विदेशी अस्पतालका कोमामा उपचार गराइरहेका छन् ।

उनीहरुलाई स्वदेश ल्याएर उपचार गर्ने सन्दर्भमा त्यसको लागत कति हुने, खर्च कसरी जुटाउने भन्नेबारेमा प्रारम्भिक तयारी भइरहेको श्रम् मन्त्री गोकर्ण विष्टले जानकारी दिनुभयो ।

आगामी दिनमा कुनै पनि नेपालीले त्यस्तो अवस्थामा झेल्न नपरोस् भन्नेतर्फ सरकार सचेत रहेको उहाँको भनाइ छ ।  

आगामी पाँच वर्षमा बाध्यता र विवशताले रोजगारीमा जाने अवस्थाको भने अन्त्य गरिने श्रममन्त्री विष्टले विश्वास दिलाउनुभयो ।

मन्त्रालयले सामाजिक सुरक्षा, रोजगारी सिर्जना, श्रमिकको सुरक्षा, श्रम सम्बन्ध स्थापना, बालश्रमको निवारण र वैदेशिक रोजगारको व्यवस्थापनका विषयलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको