Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ४७ करोड (विवरणसहित)

बुधबार, ३० साउन २०७५, १२ : ४४ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको खुद मुनाफा ४७ करोड (विवरणसहित)

अर्थ संसार, काठमाडौँ– निजी क्षेत्रको चर्चित इन्स्योरेन्स कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ मा  खुद मुनाफा रु ४७ करोड ९२ लाख गरेको छ ।

जुन गत वर्षको तुलनामा ५२ दशमलव २९ प्रतिशतले घटेको हो । गत वर्ष  कम्पनीले रु एक  अर्ब ४६ लाख मुनाफा गरेको थियो ।

रु ४ अर्ब ३९ करोड ६९ लाख चुक्ता पुँजी भएको कम्पनीले जगेडा तथा कोषमा रु ३ अर्ब ४७ करोेड ५७ लाख र जीवन विमा कोषमा रु ५० अर्ब ४९ करोड २२ लाख रकम राखेको छ ।

कम्पनीको आम्दानीमा २४ दशमलव १० प्रतिशतले घटेर रु २६ करोड १७ लाख पुगेको छ । यस्तै  खर्च ६८ दशमलव ९७ प्रतिशत बढेको छ । त्यस्तो खर्च रु ५१ करोड २९ लाख पुगेको छ ।

कम्पनीले यस अबधिमा बीमा शुल्क रु  १६ अर्ब १ करोड ७३ लाख कमाएको छ ।  कम्पनीको कुल बीमा शुल्क रु ६८ अर्ब ५५ लाख पुगेको छ ।

त्यस्तै रु ५ अर्ब ४३ करोड ५९ लाख भुक्तानी दाबी गरेको छ । कम्पनीले यस अबधिमा ११ लाख ५२ हजार ८ सय ६० वटा बीमा लेख जारी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी १० दशमलब ९० रुपैयाँ, प्रति शेयर नेटवर्थ १८७ दशमलब ५४ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य रु एक  हजार ३ सय ३६ रहेको छ ।

5b73d1ba952eb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको