Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय प्रधानमन्त्री मोदी चौथो पटक नेपाल आउँदै

बुधबार, ३० साउन २०७५, १० : ११ मा प्रकाशित

भारतीय प्रधानमन्त्री मोदी चौथो पटक नेपाल आउँदै

अर्थ संसार, काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जीवसिँह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चौथो पटक हुन लागेको नेपाल भ्रमणबाट भारत–नेपालबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको गण्डकदेखि भारतको गङ्गासम्म तथा नेपालमा रेल्वे अघि बढाउनेजस्ता क्षेत्रमा दुवै मुलुकबीच सहकार्य हुन सक्ने बताउनुभयो ।

 भारतीय राजदूतका अनुसार काठमाडौँमा हुने बिमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्नुहुनेछ ।

सो अवसरमा एकीकृत राप्रपा(राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भारत स्वतन्त्र भएको ठीक ७० वर्षका अवधिमा आर्थिक विकासमा ठूलो प्रगति गरेको बताउनुभयो ।  उहाँले नेपाल–भारतबीच कुनै समस्या नभएको बताउँदै नेपालको पूर्वाधार निर्माण र  उत्पादनसहित आर्थिक विकासमा भारतले सहयोग बढाउने विश्वास व्यक्त गर्नुभयो ।

नेकपाका नेता डा राजन भट्टराईले नेपाल–भारत सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताउँदै दुई मुलुकबीचको हवाई क्षेत्रको विस्तार र  सीमा क्षेत्रमा डुबानको समस्या न्यूनीकरणका लागि भारतसँग सहकार्य भइरहेको उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महात्मा गान्धीको जगमा भारत उन्नतिको शिखरमा रहेको बताउनुभयो । उहाँले नेपालमा रेलको विकासका लागि नेपाल आफैँ लगानी गर्न असमर्थ रहेकाले भारत र चीन दुवैको अनुदानमा रेल सञ्चालन हुनुपर्ने औँल्याउनुभयो । डा महतले भारतसँगको  सम्बन्धलाई कुनै पनि राजनीतिक दलले सत्तामा रहँदा तथा विपक्षमा रहँदा फरक फरक विचार राखी खेलाँची गर्न नहुनेमा जोड दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको