Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्या ग्रुपद्वारा सरोकारवालासँग भेटघाट

मंगलबार, २९ साउन २०७५, १८ : ५५ मा प्रकाशित

पञ्चकन्या ग्रुपद्वारा सरोकारवालासँग भेटघाट

अर्थ संसार, काठमाडौं– पञ्चकन्या ग्रुपले गत बिहीबार थापाथलीमा जापानिज कम्पनी हाजमा–अन्डूद्वारा प्रसुती गृहको नया“ बन्दै गरेको भवनमा कार्यरत जापानिज तथा नेपाली इञ्जिनियर, ओभरसियर र प्राविधिकहरुलाई सिपिभिसि तथा पिभिसि पाईप जडान सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरेको छ । 

उक्त कार्यव्रmममा २५ जना प्राविधिकहरुको उपस्थिति थियो । साथै यस प्रकारको तालिम ग्रुपद्वारा सम्बन्धित फिल्डमै गएर दिइएको हु“दा बुझ्न र बुझाउन साह्रै सहज भएको सहभागीको प्रतिकृया थियो ।

यस्तै खालको सिपिभिसि पाईप तथा फिटिङ्गस सम्बन्धी प्राविधिक सेमिनार काठमाडौंको लाजिम्पाटमा श्रावण २५ गते गरिएको थियो । सो अवसरमा शहरी विकास मन्त्रालयका सहसचिव तथा भवन विभागका महानिर्देशक, उपमहानिर्देशक, इञ्जिनियर, ओभरसियर तथा प्राविधिकहरु गरी ६० जनाको उपस्थिति थियो ।

उक्त कार्यव्रmममा जापानको सेक्युसी कम्पनीबाट आएका प्राविधिकहरुले सिपिभिसि प्रोडक्टबारे जानकारी गराएका थिए । साथै दुवै कार्यव्रmममा पञ्चकन्या ग्रुपका संचालक तथा गु्रपका बरिष्ठ कर्मचारीहरुको उपस्थिति थियो । यस्ता प्रकारका तालिम, सेमिनार तथा अन्तरकृयाले कार्य सम्पादन गर्न सजिलो हुने र गुणस्तरीय सामान छनौट गर्न प्रभावकारी हुने गु्रपले जनाएको छ ।

5b72d674eb04e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको