Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ बुल रन समात्ने तयारीमा लागौं, सेयर बजारको न्यूनतम बिन्दुनै समात्छु भनेर कुर्दा धेरैपछि पर्न सकिन्छ

मंगलबार, २९ साउन २०७५, १५ : ०७ मा प्रकाशित

नयाँ बुल रन समात्ने  तयारीमा लागौं,  सेयर बजारको न्यूनतम बिन्दुनै समात्छु भनेर कुर्दा  धेरैपछि  पर्न सकिन्छ

रोहन शर्मा

हाम्रो सेयर बजारमा ७० प्रतिशत बढी हिस्सा बैंक तथा बित्तिय संस्थाले ओगटेको छ। तसर्थ स्ट्रङ बुलिस ट्रेण्ड समात्नको लागि बैंक तथा बित्तिय संस्था समुहमा खरिद चाप आएर यही समुहलेनै समग्र बजारको  नेतृत्व लिनु जरुरी छ ।

यस बाहेकको समुह बिमा, हाईड्रो , बिकास बैंक , लघुबित्त मद्धे कुनै समुहमा जतीसुकै उछाल आएपनी यसले समग्र बजारको  नेतृत्व गर्न सक्दैन र त्यो भनेको Short term Bull Run जस्तो मात्रा देखिनेछ,कारण यिनिहरुको बजार हिस्सा बैंकिङ समुहको तुलनामा निकै कम छ।

उदाहरण स्वरुप हेर्ने हो भने २०६३/६४ को बुल आउनुमा बैंकहरुको २ अर्ब चुक्ता पुँजिको ठुलो भूमिका रहेको थियो साथै यसलाई केही हदसम्म तन्क्याउने काम नेपाल टेलिकमले पनि गरेको थियो भने पछील्लो नेप्सेको उच्चतम बिन्दु १८८१ पुग्नुमा पनि बैंकिङ समुहको आठ अर्ब चुक्ता पुँजिको बिषयले मुख्य भूमिका खेलेको थियो।

तसर्थ ठुलो हिस्साले नेतृत्व  लिन सुरु गरेपछी मात्र बुलिस ट्रेण्डको बलियो आधार तय हुनेछ। अहिले जुन समुहको बजारमा प्रभुत्व धेरै छ त्यही समुहको माग पक्षमा सुधार हुन सकेको छैन ।

हालै आएर सरकारले निवृत्तभरण कोष (Pension Fund) को रकमलाई बैंक तथा वित्तीय संस्थाको शेयरमा समेत लगानी गर्न पाउने व्यवस्था गरेको छ। वर्षेनी बढ्दै गएको निवृत्तभरण खर्चको भार  कम गर्न  योगदानमा आधारित निवृत्तभरण कोष स्थापना गर्न लागेको छ ।

कोषको रकम बैंक तथा वित्तीय संस्थाको सेयरमा  मात्रै लगानी गर्न पाउने व्यवस्था गरिएको छ। जसलाई हेर्दा सरकार समग्र सेयर बजारप्रती अझै सँकुचित देखिएता पनि बजारमा ठुलो हिस्सा ओगटेको समुहमा धेरै हदसम्म नयाँ मागको योगदान भई समग्र बजारमा सकारात्मक प्रभाव पर्ने आँकलन गर्न सकिन्छ।

साथै निकट भबिश्यमै आउन लागेको अनलाईन ट्रेडिङ (अहिले सम्मकै नयाँ बिषय र बहुप्रतिक्षित प्रबिधी )  ले पनि नयाँ बुल रनको लागि आधार तय गर्ने कुरामा कुनै शंका छैन। तसर्थ अहिलेको समय भनेको आँखा चिम्लिएर राम्रा राम्रा कम्पनीमा लगानी बढाउने समय हो।

बजारको न्युनतम बिन्दुनै समात्छु भनेर बस्दा धेरैपछि परपर्न सकिन्छ। बजार केही सकारात्मक हुन सुरु मात्रा गरोस् ढुकिरहेका म्युचुअल फण्ड, ठुला तथा संस्थागत लगानिकर्ता हरु दश हात माथि उफ्रिएर बिक्रेताले मागेकै दाममा खरिद गर्न आउनेछन् ।

यो पनि पढ्नुहोस्

तीन कम्पनीको १ करोड २२ लाखबढी कित्ता IPO बजारमा, कुन कम्पनीको कति कित्ता? 

मन्द सेयर बजार : जोखिम पनि कम

विस्तारै गति लिदै सेयर बजार, ६ अंकले बढेको बजारमा झण्डै १९ करोडको कारोबार

पोखरा फाइनान्सले १३.६८४ प्रतिशत लाभांश दिने

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब, विद्युत चुहावट २० प्रतिशतमा झर्यो

नागबेली लद्युवित्तको नाफामा २३ प्रतिशतले गिरावट

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको