Like us!
Follow us!
Connect us!
Watch us!

उपभोक्ता ठग्ने तीन आयल स्टोरमा सिल

मंगलबार, २९ साउन २०७५, १२ : ११ मा प्रकाशित

उपभोक्ता ठग्ने तीन आयल स्टोरमा सिल

अर्थ संसार, काठमाडौं–  बजार अनुगमन समिति कैलालीको टोलीले धनगढीका विभिन्न तीन आयल स्टोरमा आज सिल गरेको छ ।

सिल गरिएका आयल स्टोरमा हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोर रहेका छन् । तोकिएको परिमाणभन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री वितरण भएको फेला परेपछि टोलीले ती आयल स्टोरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्वा रामुर्ति सिंहले जानकारी दिनुभयो ।

     ती आयल स्टोरका सञ्चालकमाथि प्रचलित कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाइएको जनाइएको छ । तोकिएको भन्दा कम परिमाणमा डिजेल र पेट्रोल बिक्री वितरण भइरहेको गुनासो आएपछि बजार अनुगमन टोलीले आज धनगढीका विभिन्न छ वटा आयल स्टोरमा अनुगमन गरेको थियो ।

  टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको