Like us!
Follow us!
Connect us!
Watch us!

आवको अन्त्यमा खर्च गर्ने परिपाटी हट्छ : अर्थमन्त्री

सोमबार, २८ साउन २०७५, ०८ : १३ मा प्रकाशित

आवको अन्त्यमा खर्च गर्ने परिपाटी हट्छ : अर्थमन्त्री

अर्थ संसार, काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने परिपाटी हटाउने प्रयास भइरहेको बताएका छन्।

आइतबार अर्थसमितिमा मन्त्रालयको कामकाजबार जानकारी गराउँदै उनले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन पूर्वतयारीको काम भइरहेको बताए । उनका अनुसार मन्त्रालयले साउन महिनाभर कानुन निर्माणलाई प्राथमिकता दिएको छ ।

सोहीअनुसार विधेयकहरू संसद्मा पठाउने काम जारी छ । बजेटमा उल्लेख भए पनि कानुन नबनेसम्म कार्यान्वयनमा जान नसक्ने कार्यक्रमलाई प्राथमिकता दिइएको उनले बताए ।

उनका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम, निवृत्तिभरणसम्बन्धी कोषजस्ता कार्यक्रम कार्यान्वयन गर्न कानुन आवश्यक पर्छ । स्थानीय र प्रदेशमा जाने विशेष अनुदान र समपूरक अनुदानका विषयमा पनि कार्यविधि बनिरहेको र छिट्टै पास गररे कार्यान्वयनमा लैजाने तयारी भएको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डका कामकारबाहीबार आयोगका निमित्तसचिव वैकुण्ठ अर्याल र बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वित्त आयोगमा पदाधिकारी नियुक्तिमा भइरहेको ढिलाइप्रति मन्त्रालयको ध्यानाकर्षण गराए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको