Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको IPO आजदेखि विक्री खुल्ला, कहाँबाट आवेदन दिने ?

आइतबार, १३ साउन २०७५, ०९ : १२ मा प्रकाशित

शिवम् सिमेन्टको IPO आजदेखि विक्री खुल्ला,  कहाँबाट आवेदन दिने ?

अर्थ संसार, काठमाण्डौ -शिवम् सिमेन्टस् लिमीटेडको साधारण सेयर (आइपिओ) साउन १३ गते अर्थात आजदेखि  विक्री खुल्ला भएको छ ।

आयोजना प्रभावित मकवानपुर जिल्लाबासीका लागि प्रिमियम मूल्यमा  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ता आइपीओ निश्कासन  भएको हो ।


इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । आइपीओ खरीदका लागि भदौ ११ गते अन्तिम दिन तोकिएको छ ।

कहाँबाट आवेदन दिने ?

इच्छुक आयोजना प्रभावितले सीआस्वामार्फत वा तोकिएका संकलन केन्द्रमा  सोझै गएर समेत आइपीओ खरीदका लागि दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ ।

शिवम्ले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि समेत आइपीओ निश्कासन गर्ने भएकोले मकवानपुरका बासिन्दाले सर्वसाधारणका लागि निश्कासन गरिएको आइपीओमा भने आवेदन दिन पाउने छैनन् ।

स्थानीयवासीको लागि पहिलो चरणको आइपिओ निश्कासन सम्पन्न गरिसकेपछि दोस्रो चराणमा  सर्वसाधारणका लागि प्रिमियम मूल्यसहित प्रतिकित्ता ४४ लाख कित्ता आइपीओ निश्कासन गर्ने योजना बनाएको छ ।

5b5d355a42e1f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको