Like us!
Follow us!
Connect us!
Watch us!

जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

आइतबार, १३ साउन २०७५, ०८ : ५२ मा प्रकाशित

जुम्लामा चुकेनी जलविद्युत् निर्माण हुने

अर्थ संसार, सुर्खेत– जुम्लाको पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने तयारी गरिएको छ । यसका लागि भदौ महिनाको पहिलो सातासम्म टेण्डर हुने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले जानकारी दिनुभयो ।

आयोजना निर्माणार्थ नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु २५ करोड ९९ लाख तीन हजार ५४९ बजेट छुट्याइसकेको उहाँले बताउनुभयो ।

एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरमार्फत यो आयोजना निर्माण हुन थालेको परियोजना इन्जिनियर ब्रिटिश सिंहले जानकारी दिनुभयो ।

इञ्जिनियर सिंहले विद्युत् गृहका लागि रु २६ करोड र ट्रान्समिसन लाइनका लागि रु १० करोड लागत बजेट रहेको बताउनुभयो । केही प्रतिशत समुदायको योगदान रहने बताउँदै उहाँले अपुग रकम एडिपीको सहयोगमा बैकमार्फत ऋण लिइने जनाउनुभयो ।

विसं २०६९ देखि पहल थालिएको उक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले योगदान दिने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो ।

“यो आयोजना निर्माण भएसँगै सिंगो जुम्ला उज्यालो हुनेछ । त्यसका साथै जवा खोलाबाट ३०० मेगावाट विद्युत् निकाल्न पहल आरम्भ गरेका छौँ,” आन्तरिक मामिलामन्त्री भण्डारीले भन्नुभयो । विद्युत् निर्माण भएमा पातारासी गाउँपालिकाका तीन हजार ३२० घरधुरीका करीब १६ हजार जनताले प्रत्यक्ष लाभ लिने

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको