Like us!
Follow us!
Connect us!
Watch us!

कहाँबाट हट्छ जुवाछुत ? दलितले छोएको पानी चल्दैन जनप्रतिनिधिलाई

आइतबार, १३ साउन २०७५, ०८ : ३० मा प्रकाशित

कहाँबाट हट्छ जुवाछुत ? दलितले छोएको पानी चल्दैन जनप्रतिनिधिलाई

अर्थ संसार, जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरु दलित प्रतिनिधिले छोएको चिया र पानी समेत पिउन मान्दैनन् ।

दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो जातका जनप्रतिनिधि नै हुन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

गाउँमा जातीय बहिष्करणको शिकार बनेका नागरिकसँगै गाउँपालिका बैठकमै माथिल्लो जातका व्यक्तिले पानी छोइदिएको भन्दै खान नमानेको तितो अनुभव सुनाउँछन्, दलित प्रतिनिधि ।

दलित भएकै कारण गाउँ कार्यपालिकाको बैठकदेखि विभिन्न सभा सम्मेलनमा समेत सहकर्मीबाटै हेपिएको तितो अनुभव दलित प्रतिनिधिसँग छ ।

तातोपानी गाउँपालिका-५ की वडा सदस्य दुरुपति नेपाली आफू दलित भएकै कारण सार्वजनिक ठाउँमा कयौंपटक हेपिनुपरेको बताउँछिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको