Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्यामाई हाइड्रोपावरको IPO आज बाँडफाँड हुँदै

शुक्रबार, ११ साउन २०७५, ०७ : ५५ मा प्रकाशित

पञ्चकन्यामाई हाइड्रोपावरको IPO  आज बाँडफाँड हुँदै

अर्थ संसार, काठमाडौं - पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ)  (आज ) शुक्रबार बाँडफाँड हुँदैछ । विहान १० बजे बाँडफाँड हुने प्रवन्धक सनराइज क्यापिटल लिमिटेडले अर्थ संसारलाई जनाएको छ ।

पञ्चकन्याले सर्वसाधारणका लागि १० लाख १ हजार कित्ता सेयर मात्र बिक्रीमा ल्याएको थियो । यसमा १ लाख १०० जना आवेदकले न्यूनतम १० कित्ताका दरले आइपीओ हात पार्न सक्ने देखिएको छ । पञ्चकन्या माई हाइड्रोपावरले साउन १ गतेदेखि ४ गतेसम्म ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

यसमध्ये ४४ हजार (४ प्रतिशत) कित्ता कम्पनीका कर्मचारी र ५  हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । पञ्चकन्याले यसअघि इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता आइपीओ बिक्री गरेको थियो ।

आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब १० करोड रुपैयाँ पुगेको छ । कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

नोट : आइपिओको नतिजा हेर्न यसो गर्नुहोस।

हामी आइपिओको नतिजा आउन साथ राख्ने छौँ । नतिजा हेर्नको लागि यो पेज नतिजा लाईक गर्नु पर्ने छ ।

यहाँ क्लिक गरी लाइक गर्नुहोला ।

https://www.facebook.com/arthasansar/

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको