Like us!
Follow us!
Connect us!
Watch us!

पाँच कम्पनीको करिब ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै, कुनको कति (विवरणसहित)

विहीबार, १० साउन २०७५, १० : १७ मा प्रकाशित

पाँच कम्पनीको करिब ४ अर्ब बराबरको हकप्रद शेयर आउँदै, कुनको कति (विवरणसहित)

अर्थ संसार, काठमाडौँ – विभिन्न ५ कम्पनीलाई रु तीन अर्ब ९० करोड ८५ हजार बराबरको हकप्रद शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

बोर्डकाअनुसार २ बीमा कम्पनी, २ फाइनान्स कम्पनी र एउटा बैंकलाई हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

ती  कम्पनी मध्ये सबैभन्दा धेरै हकप्रद सेयर जारी गर्नका लागि नेपाल क्रेडिट एण्ड कमर्श बैंकले स्वीकृति पाएको छ ।

बैंकले २ः१ अनुपातमा रु १०० अंकित दरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता अर्थात रु २ अर्ब ३३ करोड ९५ लाख २९ हजार बराबरको हकप्रद शेयर जारी गर्नेछ ।

बैंकको बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरिसकेको छ ।

हकप्रद सेयर जारी गर्न प्रोगेसिभ फाइनान्सलाई पनि बोर्ड स्वीकृति दिएको छ । कूल  ५९ लाख कित्ता अर्थात रु  ५९ करोड बराबरको शेयर बिक्री गर्नेछ ।

यसैगरी आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले ८० प्रतिशत हकप्रद बिक्रीका लागि बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।

कम्पनीले रु १०० को दरले ४३ लाख २० हजार कित्ता अर्थात रु ४३ करोड २० लाख बराबरको हकप्रद शेयर बिक्री गर्नेछ ।

यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले २ः१ अनुपातमा रु १०० अंकित दरको २९ लाख ७० हजार कित्ता अर्थात रु २९ करोड ७० लाख बराबरको हकप्रद निस्काशन गर्न बोर्डबाट स्वीकृति पाएको छ ।

यस्तै सिटिएक्सप्रेस फाइनान्सले पनि १ बराबर १.६७ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डबाट स्वीकृति पाएको छ ।

सो फाइनान्सले रु  २५ करोड बराबरको २५ लाख कित्ता हकप्रद शेयर बिक्री गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको